एनसेलको नयाँ अल टाइम डेटा प्याक, उही शुल्कमा ननस्टप युट्युब प्याकको भोल्यूम दोब्बर

0
Shares

निजी क्षेत्रको अग्रणी दूरसञ्चार कम्युनिकेशन कम्पनी एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । ती प्याकहरु मंगलबारबाट सञ्चालनमा ल्याइएका हुन् ।

कम्पनीको अफरमा ग्राहकले करसहित १२५ रुपैयाँमा ५ जीबी अल टाइम डेटा ७ दिनको समयसीमाभित्र प्रयोग गर्न सक्छन् ।

साथै कम्पनीले ननस्टप युट्युब अफर अन्तर्गतको प्याक दोब्बर बनाएको छ । कम्पनीले एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गर्ने भएको हो ।

कम्पनीले ननस्टप युट्युब प्याक अन्तर्गत ग्राहकले करसहित १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा ननस्टप पहुँच दिने भएको छ ।

पहिला ग्राहकले यस युट्युब प्याकमा यहीं मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए, अब यो भोल्युम बढेर ४ जीबी भएको कम्पनीले जनाएको छ ।

एनसेलका अनुसार ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक प्रयोग थाल्न सक्छन् ।

त्यस्तै ग्राहकले ननस्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ डेटा बण्डल पनि एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्रयोग थाल्न सक्छन् ।

ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुरु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।