सुनको मूल्य लाख नजिक, एकैदिन १ हजार ९०० रुपैयाँले बढ्यो

0
Shares

 

रुस युक्रेन बीचको भएको युद्ध रोक्ने विषयमा भएको वार्ताले सकारात्मक मोड लिन नसकेपछि विश्व बजारमा पहेँलो धातु सुनको मूल्य आकासिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मुल्य बढेर एक लाख नजिक पुगेको छ ।  महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन एकैदिन तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९७ हजार ६०० रुपैयाँ र तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुन संगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भएको थियो । मंगलबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ९३३ डलर तथा चाँदी प्रतिऔंस २४.९८ डलरमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७८, बुधबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।