पाँच वर्षदेखि फरार तीन पक्राउ

0
Shares

जिल्ला अदालत काभ्रेपलाञ्चोकले केही सार्वजनिक अपराध र विविध कसुरमा कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ ।

कार्यालयबाट विशेष टोली खटाई सार्वजनिक अपराध मुद्दाका फरार पनौती नगरपालिका–३ का २३ वर्षका सन्तराम तामाङ र सोही वडाका २७ वर्षीय सुवास तामाङलाई सोही स्थानबाट आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अदालतले २०७३ असार ६ गते केही सार्वजनिक अपराध कसुरमा जरिवाना तथा सजाय फैसला गरेको थियो ।

यस्तै, विविध कसुरमा धुलिखेल नपा–४ को पोडिनी सार्कीलाई सोही स्थानबाट पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यालयद्वारा जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न, दण्डहीनताको अन्त्य र कानुनी तथा विधिको शासन स्थापित गर्ने उद्देश्यले प्रहरीको विशेष टोली खटाई फरार प्रतिवादीको खोजी अभियान सञ्चालन गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ फाल्गुन २०७८, सोमबार  ०९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।