
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था (JALPA) को सेयर आइतबारदेखि नेप्सेमा किनबेच गर्न पाइने भएको छ । कम्पनीले शुक्रबार १६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएसँगै कारोबारमा आउने भएको हो ।
लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको सेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि मूल्यको आधारमा आइतबार देखि लघुवित्तको सेयर कारोबार हुनेछ ।
यस्तै नेप्सेले लघुवित्तको सेयरलाई जेएएलपीए (JALPA) कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा लघुवित्तको सेयर किनबेच हुनेछ ।
लघुवित्तले २०७८ माघ २१ देखि २५ गतेसम्म निष्काशन गरेको आइपीओको बाँडफाँड फागुन १ गते सम्पन्न गरी आइपीओमा सेयर पाउने सेयरधनीहरुको हितग्राही खातामा सेयर जम्मा भइसकेको छ । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया