भुक्तानी सेवाप्रदायक सेलपेको ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’ अफर

0
Shares

सेलपेले नयाँ वर्ष २०७९ को अवसर पारेर ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ नामक योजना ल्याएको छ ।

भुक्तानी सेवाप्रदायक सेलकम प्रालि अन्तर्गतको उक्त कम्पनीले वैशाख २ गतेसम्म सेलपे प्रयोगकर्ताले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्युआर भुक्तानी जस्ता विभिन्न सेवामा आकर्षक क्यासब्याक प्राप्त गर्नसक्ने जनाएको छ ।

योजना अनुसार टपअपमा ६ प्रतिशत क्यासब्याक पाउने जनाइएको छ । त्यस्तै, फोन पे क्युआर भुक्तानीमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ छुट पाउने, एयरलाइन्स टिकट खरिदमा १ हजार २०० रुपैयाँसम्म छुट पाउने र बस टिकट खरिदमा १० प्रतिशत छुट पाउने रकम ल्याइएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।