बजार घट्ने क्रमले यो साताको अन्तिम कारोबार दिन बुधबार पनि निरन्तरता पाउँदा बजार सूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । सरकारले बिहीबार फागु पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएका कारण अब आइतबार मात्र सेयर बजार खुल्नेछ ।
बुधबार बजार सूचक नेप्से १९.६५ अंकले घटेर २६३१.३२ बिन्दुमा झरेको हो ।
यस्तै बुधबार ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेर ४९७.३७ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कूल २३१ वटा कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर ३७ हजार ३२ पटक खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहगत सूचकमध्ये १० वटा राताम्मे बनेका छन् भने ३ वटा मात्र बढेको छ । होटल, निर्जीवन बीमा र म्युचुअल फण्डको सूचक सकारात्मक भएको हो ।
होटल सूचक सर्वाधिक २.०९ प्रतिशतले बढेको बुधबारको बजारमा अन्य २.४७ र ब्यापार, विकास बैंक, जलविद्युत र फाइनान्सको सूचक पनि १ प्रतिशत अधिक घटेका छ । बाँकी सूचक पनि राताम्मे रहे ।
बुधबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको सेयर प्रतिकित्ता ५८ रुपैयाँ घटेर १६ करोड ३६ लाख १ हजार रूपैयाँको कारोबार भएको छ । यस्तै गरिमा विकास बैंक १२ करोड २४ लाख, अपि पावर १० करोड ७८ लाख, नेपाल लाइफ ८ करोड ४४ लाख, हिमालयन डिष्टिलरी ७ करोड ४६ लाख, सोल्टी होटल ६ करोड ५७ लाख, नागरिक लगानी कोष ६ करोड ५७ लाख, ग्लोबल आइएमई बैंक ५ करोड ५७ लाख, अरुण भ्याली हाइड्रोपावर ४ करोड ८६ लाख, र नेपाल रि इन्स्योरेन्सको ४ करोड ७४ लाख रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

बुधबार इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा आर्जन गरेका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४७२.६० रूपैयाँ पुगेको छ । यस्तै मैलुङ्ग खोला जलविद्युतको ६.१३, सोल्टी होटल ४.२२, राष्ट्रिय बीमा कम्पनी संस्थापक ४.०४ र तारागाउँ रिजेन्सी होटलको मूल्य ३.०२ प्रतिशतले उकालो लागेको छ ।
यस दिन युनाइटेड इदी मर्दीको सेयरमूल्य सबैभन्दा धेरै ४.९२ प्रतिशतले घटेको छ । कम्पनीको सेयरमूल्य घटेर ८६५.२० रूपैयाँमा झरेको छ । यस्तै नेपाल टेलिकमको ३.५७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ३.१० प्रतिशत, घलेम्दी हाइड्रोपावर ३.०१ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया