
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा पहेँलो धातु सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर कारोबार भएको छ ।
बिहीबारका लागि सुनको भाउ छापावाला तोलाको ९९ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलाको १ हजार २०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार चाँदीको भाउ १ हजार ३७० रुपैयाँ तोलामा कारोबार भएको चाँदी बिहीबार बढेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको हो ।
महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९४२ डलर तथा चाँदी प्रतिऔंस २५.३३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया