
तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात) ले गत आर्थिक वर्ष २०७७।७८ बाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
कोभिडका बीच नोक्सानी ब्यहोरेको होटलले लाभांश वितरण गर्न नसक्ने अवस्था आएपछि बिना लाभांश चैत्र २७ गते कम्पनीको २५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, रजिष्टर्ड कार्यलय बौद्ध काठमाण्डौमा बिहान ११ बजे अनलाईन माध्यामबाट सभा बोलाउने निर्णय गरेको हो ।
सभामा होटल्सको सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण र लेखा टिप्पणीहरु स्वीकृत गर्ने लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।
त्यस्तै कम्पनीको प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने तथा कम्पनीको आर्थिक वर्ष २०७८।७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण पनि गर्नेछ ।
सभामा आईसिटिसी होल्डिङ्ग कम्पनी प्रालिबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक श्रीमती दिजा श्रेष्ठको स्थानमा जयादिन श्रेष्ठको नियुक्तीलाई अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत्र १२ गते शनिबारदेखि चैत्र २७ गते आइतबारसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार चैत्र १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्रै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया