नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) को प्रस्तावित १४ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने चैत ६ गते आइतबार अन्तिम दिन रहेको छ ।
चैत्र २१ गते सोमबार आह्वान गरिएको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल लाइफले चैत्र ७ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ ।
बुकक्लोज अनुसार चैत्र ६ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा प्रतिनिधित्व गर्न र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनी सञ्चालक समितिको फागुन २७ गते सम्पन्न ३३३ औं सञ्चालक समितिको बैठकले चैत्र २१ गते सोमबार होटल भिष्वा, बिरगंज पर्सामा बिहान ९ बजे साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । बोनस सेयर जारी पछि हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप वृद्धि गर्ने । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्नेछ।
सभामा सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरूको निर्वाचन गर्ने,सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आव २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभामा रहेको छ ।
त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७६।७७ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
अन्य प्रस्तावहरुमा लेखापरीक्षण समिति र सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७।७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस।एआर, एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने रहेको छ ।
यस्तै सभामा प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधनरथप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने र कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आव २०७६।७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया