ग्लोबल आइएमइ र जनता बैंकलाई गाभिन राष्ट्र बैंकले दियो सैद्धान्ति स्वीकृति

0
Shares

ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल आपसमा गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जर प्रोत्साहन नीति सार्वजनिक गरेको एक साताभित्रै यी दुई बैंकले एक आपसमा गाभिने सहमति गरेका थिए। मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ।

सञ्चालक समितिको अध्यक्षमा हाल ग्लोबल आइएमइका अध्यक्ष ढकालले नै रहनेछन्। सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पााच जना र दुई जना जनता बैंकबाट रहनेछन। त्यस्तै, नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री रहने छन्। कुँवर जनता बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।

यस्तै, वरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ।
सैद्धान्तिक स्वीकृति पाएकाले अब सम्पति तथा दायित्व मूल्यांकन हुने छ। यद्यपी जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भइसकेको छ।

ग्लोबल बैंकले एक सय बराबर ४२ कित्ता शेयर स्वाप रेसियोमा हाथवे फाइनान्सलाई प्राप्ती गरेर एकिकृत कारोबार थालिसकेको छ ।