बलेफी हाईड्रोपावरको आईपीओ चैत १६ गतेदेखि बिक्रीमा आउने

0
Shares

बलेफी हाईड्रोपावर कम्पनी लिमिटेड को सर्वसाधारण लगानीकर्ताका लागि चैत १६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन तथा बिक्री खुला हुने भएको छ ।

कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका स्थानीय बासिन्दाका लागि जारी गरेको सेयर बाँडफाँडसँगै सर्वसाधारणको लागि निष्काशन हुने सेयरको बिक्री मिति तोकेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकितमूल्यको १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

जारी कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताबाट आवेदन मागिएको हो ।

कम्पनीको आईपीओमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले आईपीओमा मेरो सेयरको एप तथा वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ प्राप्त कम्पनीहरुमा दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि माघ २७ देखि फागुन २६ गतेसम्म जारी गरेको १८ लाख २७ हजार ९७० कित्ता सेयर चैत ६ गते आइतबार बाँडफाँड गरेको हो ।

साथै, संकलन केन्द्रबाट दरखास्त फाराम बुझाएका लगानीकर्ताहरूको बाँडफाँड आशिंक नपरेका सेयर वापतको रकम फागनु ९ गते बुधबारदेखि सम्बन्धित आवेदकहरूले आफूले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । आफ्नो खातामा रकम जम्मा भए नमएको एकिन गर्न क्यापिटलले अनुरोध समेत गरेको छ ।

बलेफी हाईड्रोपावर लिमिटेडको सेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेवसाइट, निष्कासन कम्पनी बलेफी हाइड्रोपावरको वेवसाइट र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ रिजल्ट डट सिडीएससी डट कम डट एनपी तथा मेरो सेयरबाट पनि हेर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ चैत्र २०७८, मंगलबार  ०९ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।