
नेपाली बजारमा सुनको मूल्य बढेर पुन: तोलाको एक लाख नाघेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुण महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर लाख नाघेकाे हाे । यस्तै चाँदीको भाउ पनि ताेलामा २० रुपैयाँले बढेको छ ।
चैत ८ गते मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै आज चाँदी चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९९ हजार ५०० रुपैयाँ, तेजावी सुन ९९ हजार रुपैयाँ र चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला ३०० रुपैयाँले बढेर कारोबार भएको थियो, भने चाँदीको मूल्य स्थीर रहेको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९३६ डलर तथा चाँदी प्रतिऔंस २५.३३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
यसअघि फागुन २५ गते सबैभन्दा उच्च भाउमा कारोबार भएको सुन त्यसपछिका दिनमा घटेको थियो । चैत २ गते यता एक लाखमुनी कारोबार भएको सुनको भाउ ८ गते फेरि एक लाख माथि पुगेको हो । फागुन २५ गते सुन तोलाको १ लाख ५ हजार ५०० मा कारोबार भएको थियो भने चैत १ गते १ लाख ५०० रुपैयाँमा कारोबार भएपछि त्यसपछि घट्न थालेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया