
अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दबाब दिने भएका छन् ।
बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन् ।
युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले यूक्रेन संकटप्रति चिन्ता व्यक्त गर्दै रुस विरुद्ध अब चर्को दबाव दिनुपर्ने निश्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
उनीहरुले आ आफ्नो देशको तर्फबाट कुटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि यूक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि ठोस उपलब्धी हुन सकेको छैन ।
त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथी रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए । तर पनि आक्रमण अहिलेसम्म जारी छ ।
संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनका विषयमा पुनः मतदान गर्ने
संयुक्त राष्ट्र संघको महासभाले युक्रेनसम्बन्धी प्रस्तावको मस्यौदामा बुधबार मतदान गर्दैछ । महासभाका प्रवक्ताका अनुसार युक्रेनमा रुसको विशेष सैन्य कारबाही शुरु भएयता यो दोस्रो यस किसिमको प्रस्ताव हो ।
महासभाको ११ औं आपतकालीन विशेष सत्र महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले पुनस् शुरु गर्न अनुरोध गर्ने पत्र प्राप्त गरेपछि आयोजित हुनेछ । प्रवक्ता पाउलिना कुबियाकले एक इमेलमा पत्रकारहरूलाई सम्प्रेषण गरेअनुसार युक्रेन र अन्य सदस्य राष्ट्रहरूद्वारा प्रायोजित मस्यौदा प्रस्ताव पेश गरिएको छ र छलफलको प्रक्रियामा छ।
कूटनीतिक स्रोतका अनुसार संयुक्त राष्ट्रसंघको नयाँ मस्यौदा प्रस्तावमा मानवीय अवस्थालाई केन्द्रित गर्दै नागरिक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष आह्वान गरिएको छ ।
पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु
पूर्वी युक्रेनको युद्धग्रस्त शहरमा रुसी आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएको कीभका एक अधिकारीले मङ्गलबार भने बताएका छन् ।
डोनेट्स्क क्षेत्रस्तित अवडिभकालाई तोपखाना र विमानबाट गोली हानी ध्वस्त पारिएको थियो । घटनामा पाँच नागरिकको मृत्यु भएको थियो भने १९ जना घाइते भएको युक्रेनका लोकपाल लुडमिला डेनिसोभाले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
युक्रेनको पूर्वमा अवडिभ्का सन् २०१४ मा स्वघोषित गणतन्त्रको नियन्त्रणमा परेका मस्को समर्थक पृथकतावादीहरूको राजधानीको छेउमा छ।
युक्रेनले रुसी सेनाले फेब्रुअरी २४ मा मस्कोले आफ्नो पश्चिमा समर्थक छिमेकीको सिमानामा सेना पठाएपछि चिकित्सा सुविधा, आवासीय क्षेत्र र बम आश्रयस्थललाई अन्धाधुन्ध रूपमा निशाना बनाएको आरोप लगाएको छ।
यता रुसले भने जानाजानी नागरिकहरूलाई निशाना बनाएको अस्वीकार गर्दै युक्रेनी सेनाले नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
डेनिसोभाले टेलिग्राममा उल्लेख गरे अनुसार खार्किभ क्षेत्रमा रुसी ट्याङ्कले नागरिक चिन्ह लगाइएको कारलाई निशाना बनाएको र तीन वयस्क र एक बालक मारिएका छन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया