
चैत ९ गते बुधबार नेप्से सूचक पुनः २०.३४ अंकले ओरालो लागेको छ । सोमबार र मंगलबारको ३४ अंकको वृद्धि भएकाे बजार २ दिनमा पुनः करेक्शनकाे बाटाेमा पुगेकाे हाे ।
बुधबार सूचक घटेर २६३०.३६ अंकमा झरेको छ । यस्तै ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ पनि ४.२२ अंकले घटेर ४९५.११ बिन्दुमा झरेको हो ।
आज २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँको कारोबार भएको छ । २२६ कम्पनीका ३९ लाख ८५ हजार ५७४ कित्ता सेयर २९ हजार ६७८ वटा संख्यामा खरीद बिक्री भएको हो ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये सामुहिक लगानी कोष बाहेक सबै घटेको छ । विकास बैंक, जलविद्युत, वित्त, उत्पादन र अन्यको सूचक १ प्रतिशत अधिक घटेको छ ।
आजको बजारमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको सेयर ६७.७० रुपैयाँ बढेर ७४५ रुपैयाँ पुगेको छ। यस्तै इमर्जिङ्गको सेयरमूल्य ६२.८० रुपैयाँ बढेर ६९१.६० रुपैयाँ पुगेको छ ।
बुधबारको बजारबाट बुद्दभुमी हाइड्रोपावर नेपाल, खानीखोला, जोशी, पाँचथर पावर र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ ।
कारोबारका आधारमा आज एनआईसी एशिया बैंकको ८ करोड ४१ लाख ९४ हजार रुपैयाँको सेयर कारोबारमा आएको छ । जीवन विकास लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको पनि ८ करोड बढीको सेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया