साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनसपछि सेयरमूल्य समायोजन

0
Shares

साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को सेयरमूल्य समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कर्पोरेशनले चैत १५ गते मंगलबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरि सेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले १० प्रतिशत बोनस समायोजन गरि नयाँ मूल्य तोकेको हो । जसअनुसार बोनस समायोजनपश्चात कम्पनीको सेयरमूल्य ४६८३.६४ रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको सेयर प्रतिकित्ता ५१५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अब मंगलबार समायोजित सेयरमूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।

लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले चैत ३० गते बुधबार बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने लगायतका विभिन्न प्रस्तावहरु छलफल गरी अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलबार  ०८ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।