साताको अन्तिम कारोबार दिन बिहीबार जम्मा चार कम्पनीको धितोपत्र मात्र प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आशा लघुवित्त, आरएसडिसी लघुवित्त, इमर्जिङ्ग नेपाल लिमिटेड र साहस उर्जा कम्पनीको सेयर कारोबारमा आएको हो । कारोबारमा आएकामध्ये साहस उर्जा कम्पनीको सेयरमूल्य स्थीर रहेको छ भने अन्य तीन कम्पनीको मूल्य बढेको छ ।
ती चार कम्पनीका २७० कित्ता सेयर २ लाख ३४ हजार १४ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ०.५० अंकले बढेर २५६८.७६ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया