गरिमा क्यापिटलले १५.६५ प्रतिशत लाभांश बाँड्ने

0
Shares

गरिमा क्यापिटल लिमिटेडले सेयरधनीहरुलाई १५.६५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले १५.६५ प्रतिशत लाभांश प्रस्ताव सहित वैशाख ९ गते छैटौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ काठमाण्डौंमा दिउँसो २ बजे छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यहरु थप।संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साथै क्यापिटलमा कम्पनी वैदेशिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी निर्णय तथा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने एजेण्डा राखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ चैत्र २०७८, शुक्रबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।