साताको दोस्रो कारोबार दिन सोमबारको प्रि-ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ ।
नेप्से सूचक ४ अंकले बढेर २५१७.४१ बिन्दुमा पुगेको छ । कारोबारमा आएका ९ मध्ये ६ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ९ कम्पनीको ३९० कित्ता सेयर २ लाख २५ हजार ५४६ रुपैयाँ खरीद बिक्री भएको छ ।
कारोबारमा आएकामध्ये धेरै बैंकिङ्ग क्रिप्ट बढेका छन् । एनआर्यसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टड, प्राइम बैंक, कुमारी बैंक लगायतको मूल्य बढेको छ । शिखर इन्स्योरेन्स, युनियन लाइफ, र जीवन विकास लघुुवित्तको मूल्य पनि बढेको छ । नेपाल इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य घट्दा घलेम्दी हाइड्रोपावरको सेयरमूल्य स्थीर छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया