युनाइटेड इन्स्योरेन्सका सेयरधनीले लाभांश नपाउने, पाँच वर्ष यता लगानीकर्ताकाे हात रित्ताे

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (UIC)  का सेयरधनीले यो वर्ष पनि लाभांश नपाउने भएका छन् ।

चैत २० गते आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सको सोही बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरी गत आवबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव अनिल गुरागाईले जानकारी दिए ।

कम्पनीको यो निर्णयसँगै सेयरधनीले गत आर्थिक वर्ष २०७७।७८ बाट पनि लाभांश नपाउने भएका हुन् । यसअघिका विगत पाँच वर्षयता आव २०७३/७४ देखि २०७६/७७ सम्म पनि लगानीकर्ताले लाभांश पाउन सकेका थिएनन् । कम्पनीले आव २०७२/७३ बाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।