युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले ३ लाख ७९ हजार ४२५ कित्ता थप नयाँ निष्काशन (एफपीओ) जारी गर्ने भएको छ ।
लघुवित्तले चैत्र १७ गते एफपीओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो ।
लघुवित्त संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको १०० रुपैयाँको दरले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।
नेप्सेमा सूचीकृत घोडीघोडा लघुवित्तसँग मर्जर गरेको कम्पनीले चुक्ता पूँजीके ३० प्रतिशत हिस्सा सर्वसाधारणमा कायम गर्न उक्त रकम बराबरको एफपीओ जारी गर्न लागेको हो ।
संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
घोडीघोडाको एक सय कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा दुई लघुवित्तबीच मर्जर सम्पन्न भएको थियो । दुई कम्पनीबीच २०७७ कात्तिक २१ गते मर्जसम्बन्धी सहमतिमा हस्ताक्षर भएपछि घोडीघोडाको कात्तिक २३ गतेदेखि सेयर कारोबार रोक्का छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया