प्रि-ओपनिङ्ग हरियाली, नेप्से ९ अंकले बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ९.२४ अंकले बढेर हरियाली छाएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १४ कम्पनी मध्ये ११ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । यस अवधमिा १ कम्पनीको सेयरमूल्य घटेको छ भने २ कम्पनीको भाउ स्थीर छ ।

यस अवधिमा १४ कम्पनी १ हजार ३४४ कित्ता सेयर ६ लाख ८२ हजार ५११ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्से ९.२४ अंकले बढेसँगै सूचक २ हजार ५०७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।