प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) को सेयरमूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

नेप्सेले कम्पनीको चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर वितरणका लागि बिहीबार बुकक्लोज मिति तोकेसँगै नेप्सेले बुधबारको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरेको हो ।

बोनस समायोजनपछि नेप्सेले प्रतिकित्ता ६०२.८० रुपैयाँ सेयरमूल्य तोकेको छ । बुधबार कम्पनीको सेयर ६४५ रुपैयाँमा अन्तिम कारोबार भएकोमा ७ प्रतिशत बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

यसअनुसार अब बिहीबार समायोजित सेयरमूल्यलाई आधार मानेर नेप्सेमा सेयर कारोबार खुल्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख ११ गते साधारण सभा आह्वान गरेको छ ।

सम्बन्धीत थप समाचारहरू:-

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

प्रुडेन्सियल इन्स्योरेन्सको सभा बैशाख ११ गते, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।