साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा २ लाख ९९ हजार ९९९ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ । ६ कम्पनीका ३८८ कित्ता सेयर कारोबार भएको हो ।
कारोबारमा आएकामध्ये नबिल बैंक र सोल्टी होटलको सेयरमूल्य बढ्दा नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदिमर्दी एण्ड हाइड्रोपावर कम्पनीको सेयरमूल्य घटेको छ । नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थानको सेयरमूल्य स्थीर रहेको छ ।
यस अवधमिा नेप्से ०.७० अंकले ऋणात्मक भएको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ६ कम्पनी मध्ये २ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको सेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
नेप्से ०.७० अंकले घटेसँगै सूचक २ हजार ४२७ दशमलव ९७ बिन्दुमा झरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया