सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

0
Shares

सुनचाँदीको मूल्य बिहीबार नेपाली बजारमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँ र चाँदीकाे भाउ पनि तोलामा १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजावी सुन ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यसँगै बिहीबार चाँदीको भाउ पनि सामान्य बढेको छ । बुधबारको तुलनामा बिहीबार एकैदिन चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम गरिएको छ । बुधबार नेपाली बजारमा चाँदी प्रंतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा बुधबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआंैस १ हजार ९२२ डलर र चाँदी प्रतिऔंस २४ दशमलव २९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।