सुनको भाउ शुक्रबार नेपाली बजारमा प्रतितोला एक लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर एक लाख नजिक पुगेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुन ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनसँंगै चाँदीको भाउ पनि उकालो लागेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।
शुक्रबारका लागि चाँदीको मूल्य तोलाको १ हजार ३५५ रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारको तुलनामा बिहीबार पनि सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२९ दशमलव ५४ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ५७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया