एनएमबि र ओम डेभलपमेन्ट बैंकका सबै बैंकिङ कारोबार आज बन्द रहने

0
Shares

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको बैंकिङ सेवा असोज १० गते शुक्रबार बन्द रहने दुवै बैकले जनाएको छन् ।

काठमाडौंमा केन्द्रिय कार्यालय रहेको एनएमबि र पोखरा चिप्लेढुंगामा मुख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले एक आपसमा गाभिएर असोज ११ गतेदेखि एकीकृत कारोबार शुरु गर्देछन् ।

दुबै संस्थाको तथ्याङ्क एकीकृत गरी एउटै कोर बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नु पर्ने भएकाले शुक्रबार कारोबार बन्द हुने जनाइएको छ।

बैंकका सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएमरपीओएस सेवा, रेमिट्यान्स सेवा तथा विद्युतीय माध्यमबाट प्रदान गर्ने सेवा लगायत सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

एनएमबि र ओम १००ः७६ अनुपात स्वाप रेशियोमा गाभिन लागेका हुन ।

एनएमबि बैंकको गत साउन २८ मा सम्पन्न विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने साउन २७ ओमको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका् थियो । मर्जरका लागि राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो ।

एनएमबि र ओमले गत जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ । यी दुवै बैंकको सेयर कारोबार मर्जर प्रक्रिया सम्पन्न भएपछि खुल्नेछ ।

नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ।