तीन कम्पनीको सेयरमूल्य समायोजन, कसकाे कति ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यो साता दुई इन्स्योरेन्स र एक लघुवित्त कम्पनीको मूल्य समायोजन गरिएको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) गरेसँगै तीन वटै कम्पनीको बोनसपछि मूल्य समायोजन भएको हो ।

नेप्सेले आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ६०२.८० रुपैयाँ तोकेको छ । बिहीबार कारोबार अन्तिम सेयर मूल्य ६४५ रुपैयाँको आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो ।

यस्तै, नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्सको ७ प्रतिशत बोनस समायोजनपछि ६०२.८० रुपैयाँ तोकेको छ । बुधवार कायम भएको अन्तिम कारोबार मूल्य ६४५ रुपैयाँको आधारमा कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

यस्तै नेप्सेले नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको पनि यसै साता सेयरमूल्य समायोजन गरेको छ । लघुवित्तको १९ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता १०७४.१२ रुपैयाँ निर्धारण गरिएको छ । नेप्सेले लघुवित्तको मंगलबार कारोबार अन्तिम सेयर मूल्य १२७८.२० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।