सुनको मूल्य एक लाख नाघ्यो, चाँदीको मूल्यमा पनि वृद्धि

0
Shares

सुनको मूल्य बढेर साताको पहिलो दिन आइतबार नेपाली बजारमा एक लाख रूपैयाँ माथी पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्दा सुनको मूल्य एक लाख रुपैयाँ माथी पुगेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार छापावाला सुन तोलाको ९९ हजार ५०० रुपैयाँ र तेजावी सुन ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार चाँदी तोलाको १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार पनि सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको भाउमा आउने उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९४८ दशमलव ५७ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ७८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७८, आइतबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।