माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्जले शुक्रबार माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस पछिको शेयर मूल्य समायोजना भएको हो ।

समायोजनपछि बैंकको प्रतिकित्ता शेयर मूल्य २३१ रुपैयाँ कायम भएको छ । आइतबार (असोज १२ गते) देखि यहि मूल्यको आधारमा शेयर कारोबार हुनेछ ।

असोज २४ गते हुने साधारण सभा लागि बैंकले असोज १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । जस अनुसार असोज ९ गते बिहीबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार ६५० रुपैयाँ पुग्नेछ ।