खुसिबुमा रहेको पार्टी प्यालेसमा आगलागी हुँदा ४५ लाखको क्षति

0
Shares

काठमाडौंस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन हँदा उक्त क्षति भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  ०९ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।