सुनको मूल्यमा साताको दोस्रो दिन सोमबार झिनो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार छापावाला सुन तोलाको १ लाख ३०० रुपैयाँ र तेजावी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थीर बनेको छ । सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम गरिएको छ । चाँदीको कारोबार आइतबार पनि सोही मूल्यमा भएको थियो ।
आइतबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्य उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९४२ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ७० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया