
संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुुपर्नेमा जोड दिएका छन् ।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७८ को काठमाडौंमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा भएको बताए ।
मुलुकको अर्थतन्त्र, रोजगारी, पूजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधै उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो । यो राष्ट्रका लागि तपाईहरुको योगदान कति महत्वपूर्ण छ भन्ने कुरालाई आफूले राम्रो बुुझेको भन्दै उनले आफ्नो तर्फबाट निजी क्षेत्रका समस्या समाधानमा सधै सहयोग रहने विश्वास दिलाए ।
त्यसअघि महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र लगानी गर्न तयार रहेको बताउँदै प्रक्रिया सहज बनाइदिन आग्ह गरे । उनले भने, “हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौं, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौं, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौं, अपमान नगरिदिनुहोस् ।”
अवसरमा महासघमा २५ वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ विज्ञ हंसराम पाण्डे र कार्यालय सहयोगी श्रीकृष्ण श्रेष्ठलाई नगद सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
समुदघाटन समारोहको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसंग जनसाङखिक लाभको अधिक रहेको बताए ,
नेपालमा यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष भएको भन्दै उनले अबका केही वर्षहरुभित्र यसको भरपुर उपयोग गर्न नसकेको खण्डमा अझबढी कठिनाईका दिन आउने उनले दाबी गरे ।
वार्षिक साधारण सभाको समुदघाटन समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, महासंघका पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । समुदघाटन पश्चात प्रतिस्पर्धी उत्पादनमुलक उद्योग, लगानी प्रवद्र्धन, तरलताका विषयमा विषयगत छलफलहरु आयोजना गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया