उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनील्े चैत २५ गते शुक्रवारदेखि २ लाख २१ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । 
कम्पनीको आईपीओ विक्रीकै क्रममा चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा परेकाले आवेदन दिने अवधि एक दिन थप गरी चैत ३० गतेसम्म कायम गरिएको हो ।
कम्पनीको आईपीओ खरिदका लागि सोमवार साझसम्म करिब ९४ गुणा बढी आवेदन परिसकेको छ ।
कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित दरको २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया