साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख १ हजारको हाराहारीमा पुगेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । 
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार छापावाला सुन तोलाको १ लाख १०० रुपैयाँ र तेजावी सुन ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको हो।
मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँ कायम गरिएको छ । सोमबार चाँदी तोलाको १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर कारोबार भएको थियो भने चाँदीको मूल्य स्थीर रहेको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९५८ दशमलव ०८ डलर र चाँदी प्रतिऔंस २५ दशमलव २१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया