समृद्धि फाइनान्स कम्पनी लिमिटेड (SFCL) को ९ लाख ४० हजार ४६६ कित्ता सेयर मंगलबारदेखि लिलाम बढाबढमा बिक्रीमा आएको छ ।
फाइनान्सको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामी मार्फत बिक्रीमा खुला गरिएको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतम सबै कित्ताका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।
बोलपत्र फारम धितोपत्र निष्काशक तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय, बैक अफ काठमाण्डूमा विभिन्न शाखा कार्यालय र समृद्धि फाइनान्सको विभिन्न शाखा कार्यलयबाट प्राप्त गर्न र बुझाउन सकिनेछ । उक्त सेयर खरीदका लागि लगानीकर्ताले सो सेयर खरिदका लागि वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक र सर्वसाधरण सेयरधनी बाहेक खरीद गर्न योग्य अन्य व्यक्ति तथा संघ संस्थाले पनि उक्त लिलामी बढाबढमा भाग लिन सक्नेछन् ।
फाइनान्स कम्पनीले फागुन ८ देखि २९ गतेसम्म चुक्ता पूँजीको ५० पतिशत अर्थात २ बराबर १ कित्ता अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद बिक्री खुला गरेको थियो । सो हकप्रदमा अवितरित भएको सेयर लिलामी बिक्री खुला गरिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया