नौ महिनामा तीन बैंकले ३ अर्ब बढी नाफा कमाए, ग्लोबल र एनआईसीबीच प्रतिस्पर्धा

0
Shares

हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार नौ महिनाको अवधिमा ३ वाणिज्य बैंकले ३ अर्ब बढी नाफा कमाएका छन । बैंकको समग्र नाफा ०.५४ प्रतिशतले मात्र बढेको छ।

बैंकिङ्ग क्षेत्रमा तरलता अभाव जारी रहदा बैंकहरुको नाफा वृद्धि कमजोर देखिएको छ । अधिकांश बैंकले आधारदर बढाएर ब्याज आम्दानी बढाएपनि नाफादर भने बढाउन सकेका छैनन् ।

चालु आवको नौ महिना अर्थात चैत मसान्तसम्ममा २७ बैंकहरुले कुल ५१ अर्ब १ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। । जसमध्ये सर्वाधिक नाफा कमाउनेको अग्रपतिंमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकलाई एनआसी एशिया बैंकले पछ्याएको छ ।

समीक्षा अवधिसम्म ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५७ करोड नाफा कमाएको थियो।

तीन अर्ब बढी नाफा कमाउनेको सूचीको दोस्रो स्थानमा भने एनआईसी एशिया बैंक रहेको छ। एनआईसी एशियाले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९६ प्रतिशत बढी हो। बैंकले गत वर्षको यहि अवधिमा ३ अर्ब ४८ लाख नाफा कमाएको थियो।

तेस्रो स्थानको नबिल बैंकले ३ अर्ब ३५ करोड २० लाख कमाएको छ । नबिल बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ८.९१ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा नबिलले ३ अर्ब ६७ करोड नाफा कमाएको थियो । नबिलको नाफा घटेपछि आइएमई र एनआईसी एशिया बैंकले पछि पारेका हुन । गत वर्षको यसै अवधिमा नबिल धेरै नाफा कमाउनेको पहिलो नम्बरमा थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।