उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा एसबिआई मर्चेन्ट

0
Shares

उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ्ग नियुक्त भएको छ ।

लघुवित्त कम्पनीको सेयर रजिष्ट्रार नियुक्ति संगै लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयरधनी दस्तखत प्रमाणिकरण, लगत अद्यावधिक सम्बन्धी सम्पूर्ण कार्यहरू गर्नका लागि एसबिआई चयन गरिएको हो ।

कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणमा प्रतिसेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो । उत्तः सेयर लघुवित्तले चैत ९ गते शुक्रबार बाँडफाँड गरिसकेको छ भने नेप्सेमा सूचीकरणको प्रकृयामा रहेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग र नेप्सेमा धितोपत्र सूचीकृत भएपछि लघुवित्तको सेयर नेप्से मार्फत दोस्रो बजारमा कारोबारमा आउनेछ । लघुवित्तको आईपीओ गोलाप्रथाबाट २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले पाएका छन् ।

बाँकेमा मुख्य कार्यालय रहेको लघुवित्त प्रादेशिकस्तरको लघुवित्त हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार  १८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।