पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक जलविद्युत कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन ( आईपीओ) निष्काशनको अनुमति दिएको छ ।
बोर्डले बैशाख ७ गते बुधबार अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीलाई साधारण सेयर जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दा र आम सर्वसाधारणको लागि कुल ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ जारी गर्न अनुमति पाएको हो ।
कम्पनीले २०७७ चैत १६ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो । निजी लगानीबाट प्रवद्धित कम्पनीले जारी पूँजी १ अर्ब ३५ करोड रुपैयाँको २५४.५० प्रतिशत बराबरको सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका भएर बहने सोलु खोलामा २३.५० मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरेको छ । सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले प्रर्वद्धन गरेको आयोजना २०७६ मंसिरमा सम्पन्न भएको थियो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ मा आयोजनाको विद्युत गृह छ ।
आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा ८ वटा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी छ । कम्पनीको इक्वीटी २५ प्रतिशत छ । आयोजनाको लागत निर्माण अवधिको ब्याजसमेत गरी ४ अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया