फरवार्ड माइक्रोफाइनान्सको कामु सीईओमा भट्टराई

0
Shares

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख १२ गतेको बैठकले यसअघि सहायक महाप्रबन्धक समेत रहेका भट्टराईलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको सोमबार सम्पन्न सोही बैंठकले प्रमुख कार्यकारी अधिकृत आश नारायण चौधरीले घरयासी कारण देखाई दिएको राजीनामा समेत स्वीकृत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।