माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने

0
Shares

माछापुच्छ्रे बैंकले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंकले बीएचसी इन्टरनेसनल प्रालिसँग सम्झौता गरी बैंकको इन्सटापे सुविधामार्फत सो पाउने व्यवस्था गरेको हो ।

उक्त सम्झौता पत्रमा प्रालिको तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैेंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले हस्ताक्षर गरेका थिए ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ८ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३७ स्थानवाट १३ लाख भन्दा बढि ग्राहकमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०५ बटा एटीएमहरु संचालनमा रहेको छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।