नेप्से दुई दिनमा ५० अंकले घट्यो, कारोबार एक अर्बमा खुम्चियो

0
Shares

पछिल्लो दुई दिनमा नेप्से ५० अंकले घटेको छ । सोमबार ३५ अंकले घटेको नेप्सेमा मंगलबारमा थप १५ अंकको गिरावट आएको हो ।

स्थानीय चुनाव सुरु भएपछि आइतबार भने नेप्से ९५ अंकले उकालो लागेको थियो । बजार बढ्ने बित्तिकै अल्पकालीन कारोबारी (ट्रेडर) हरु हावी हुने प्रवृत्ति देखिएकाले आइतबारको वृद्धि वृद्धि टिक्न सकेन । सोही कारण बजार पुनः घटेको हो । धेरै सूचीकृत कम्पनीको भाउ ५२ हप्ताकै न्यून बिन्दुमा झरेकाले हातमा नगद भएका लागानीकर्तालाई भने अवसर दिएको छ ।

नेप्से सूचक दोहोरो अंकले घट्दा कारोबार रकम समेत घट्दै जान थालेको छ । मंगलबार कारोबार रकम एक अर्बमा खुम्चिएको छ । सोमबारको तुलनामा कारोबार रकम एक अर्बले घटेको हो । सोमबार २ अर्ब ४ करोडको सेयर खरीद बिक्री भएको थियो ।

यस दिन नेप्से सूचक १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा बन्द भएको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ १.७४ अंक घटेर ४५२.९५ बिन्दुमा अडिएको छ ।

यस दिन २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता सेयर २६ हजार ७६६ वटा संख्यामा कारोबार भएको छ । कारोबारमा आउका १३ उपसमुहगत सूचकमध्ये म्युचुअल फण्डको सूचक १.६२ प्रतिशत र उत्पादन ०.२९ प्रतिशतले बढेको छ । बाँकी सबै ११ सूचक घटेका छन् । जलविद्युत १.४९ प्रतिशत, लगानी १.३९ प्रतिशत र विकास बैंकको सूचक १ प्रतिशतबढीले घटेको छ ।

 

आज सिद्धार्थ बैंक ४ करोड २१ लाख ८२ हजार रुपैयाँ सहित कारोबारमा अग्रस्थानमा छ । अपि पावर ४ करोड ६ लाख तथा नेष्डो समृद्ध लघुवित्तको ३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज जाल्पा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयरको भाउ ८५.८० रुपैयाँ बढेर ९४४.४० रुपैयाँ पुगेको छ । एनआईबिएल समृद्ध फण्ड २ को इकाईमूल्य ५ प्रतिशत तथा किसान लघुवित्तको सेयरमूल्य ४ प्रतिशतले बढेको छ ।

उता हिमालयन पावर पार्टनर र मल्टिपपर्स फाइनान्सको सेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ । युनाइटेड इदिमर्दी हाइड्रोपावरको ४ प्रतिशत, महुली लघुवित्त, सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, माउन्टेन इनर्जी नेपाल, इमर्जिङ्ग नेपाल, समीट लघुवित्त र गुहेश्वरी फाइनान्सको लगानीकर्ताले ३ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।