लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (
LICN) को ४४ लाख २२ हजार कित्ता बोनस सेयर बैशाख १४ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
इन्स्योरेन्सको २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
एलआइसी नेपालको २०७८ फागुन ११ गते बुधबार सम्पन्न १९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस र सो को कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश सहित कुल २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
यस्तै सभाले कम्पनीको हालको अधिकृत पूँजी तथा, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।
१९ औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश माघ २३ गतेसम्म कायम सेयरधनीहरुले मात्र प्राप्त गर्नेछन् । साधारण सभा तथा लाभांशवितरण प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुकक्लोज गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ छ । यसबाट कम्पनीले २० प्रतिशतका दरले हुन आउने ४४ करोड २२ लाख रुपैयाँ बराबरको ४४ लाख २२ हजार कित्ता बोनस सेयर वितरण गरेको हो । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया