नेपाली बजारमा बैशाख १५ गते बिहीबार पहेँलो धातु सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेर ९८ हजार रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको १ हजार रुपैयाँले घटेर छापावाल सुन तोलाको ९८ हजार रुपैयाँ तथा तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै बिहीबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३२० रुपैयाँमा नै कारोबार भएको छ । हिजो बुधबार चाँदी तोलाको १० रुपैयाँ घटेर १ हजार ३४० रुपैयाँमा नै कारोबार भएको थियो ।
बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९९ लाख रुपैयाँ, तेजावी सुनको ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८७५ र चाँदी प्रतिऔंस २३ दशमलव ०२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया