नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बैंकिङ कसुर मुद्दामा फरार रामकुमार राईलाई मङ्गलबार पक्राउ गरेको छ ।
सीआइृबीले ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । उच्च अदालत पाटनबाट उनलाई ११ लाख ६९ हजार जरिवाना ठहर भएको थियो ।
उच्च अदालत पाटनको वि.सं. २०७८ फागुन २९ को फैसला अनुसार दुई दिन कैद सजायँ र विगोबमोजिम ११ लाख ६९ हजार जरिवना तोकेपछि फरार रहेका थिए ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मङ्गलबार टङ्गाल काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ राईले आफ्नो राष्ट्रिय वाणिज्य बैंक गौशाला शाखाको पैसा नभएको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । पक्राउ राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया