नेपाल वेयरहाउजिड्ग कम्पनीमा निफ्राले ५ करोड लगानी गर्ने, अर्को वर्ष पौने १४ करोडको आईपीओ

0
Shares

नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडमा नेपाल इन्फ्रास्टक्चर बैंकले ५ करोड बराबरको स्व:पूँजी लगानी गर्ने भएको छ ।

कूल जारी चुक्ता पूँजी ५५ करोडमध्ये नेपाल इन्फ्रास्टक्चर बैंकले यस कम्पनीमा ५ करोड बराबरको सेयरपूँजी लगानी गर्ने भएको हो । अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने ५० करोड जम्मा भए पश्चात कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक निष्काशनबाट कूल पूँजीको २० प्रतिशतमा हुन आउने १३ करोड ७५ लाख लगानी जुटाउने जनाएको छ ।

कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले बैज्ञानिक खाद्यान्न भण्डारण गृह, बाेलकबाेलको माध्यमबाट खाद्यान्न किनवेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्रवाह हुने वातावरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ ।

कम्पनीले सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

यस कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १ खर्ब ३९ करोड रहेकोमा सो लगानीमध्ये ९४ करोड ऋण र बाँकी स्वपूँजी बाट परिचालन गरिनेछ । यस कम्पनीको हालको पूँजी २३ करोड ३७ लाख रहेकोमा शेयरधनीहरुबाट समेत गरि जम्मा ५५ करोड जुटाउने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।