अमेजनले कर्मचारीलाई उपलब्ध गराएको कोभिड तलबी बिदा बन्द गर्दै

0
Shares


संसारकै सबैभन्दा ठूलो रिटेलर कम्पनी अमेजनले कोभिडको समयमा उपलब्ध गराएको तलबी बिदा मे २ तारिखबाट बन्द गर्ने भएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले उपलब्ध गराएको संसोधित निर्देशन र कोभिड–१९ विरुद्ध भ्याक्सीनको उपलब्धता बढ्दै जाँदा कम्पनीले उक्त निर्णय लिएको हो ।

मे २ बाट अमेजनमा कार्यरत कर्मचारीहरुले कोभिड संक्रमण पुष्टि भएपछि पाँच दिन सम्मको बेतलबी बिदा पाउने छन् ।

कोभिड संक्रमण कम हुँदै जाँदा र उपचार सुविधा र भ्याक्सीनको पहुँच र उपलब्धता बढ्दै जाँदा आफूहरु बिस्तारै कोभिड पहिलेकै समयमा फर्किनको लागि आवश्यक तयारी अघि बढाएको अमेजन बताएको छ ।

सन् २०२२को जनवरी महिनामा ओमिक्रोन भेरियन्ट संक्रमण फैलिएपछि अमेजनले आफ्ना कर्मचारीहरुलाई १ हप्ता लामो तलबी बिदा दिएको थियो । यस अघि अमेजनले कर्मचारीहरुलाई दुई हप्ता लामो तलबी बिदाको सुविधा प्रदान गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।