किसान लघुवित्तको बोनसमा राष्ट्र बैंकको अंकुश, पाँच प्रतिशत घट्यो

0
Shares

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (KLBSL) को प्रस्तावित बोनस सेयर वितरणमा राष्ट्र बैंकले कटौति गरेको छ ।

लघुवित्तको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस प्रस्ताव गरी स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गरेकोमा केन्द्रीय बैंकले २० प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।

लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव नवराज पोखरेलले नेपाल राष्ट्र बैंकबाट बैशाख २१ गते प्राप्त स्वीकृति पत्रमा गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयर कटौती गर्दै २० प्रतिशत बोनस सेयर वितरण गर्ने तथा आयकर ऐन, नियमावली तथा अन्य प्रचलित कानुनको पालना गर्नेगरी आर्थिक वर्ष २०७७।७८ को साधारण सभाका लागि वित्तीय विवरण प्रकाशन गर्न सहित प्राप्त भएको जानकारी दिए ।

यसअघि किसान लघुवित्तको माघ २ गते सम्पन्न ७७ औं बैठकले गत आर्थिक वर्ष २०७७।७८ को सञ्चित मुनाफाबाट संस्थाको चुक्ता पूँजी ३९ करोड २८ लाख ८ हजार ७७५ रुपैयाँ २५ पैसाको २५ प्रतिशत हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहीअनुसार स्वीकृतिका लागि लघुवित्तले स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो ।

राष्ट्र बैंकले पठाएको स्वीकृति पत्रमा चुक्ता पूँजीको २० प्रतिशतले हुने रकम ७ करोड ८५ लाख ६१ हजार ७५५ रुपैयाँ ०५ पैसा बराबरको बोनस सेयर मात्र वितरण गर्न स्वीकृति दिइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।