साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) को प्रगति सामान्य छ ।
गत आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणसँग चालु आवको यसै अवधिको तुलनात्मक विश्लेषणमा कम्पनीको प्रगति सामान्य मात्र देखिएको हो ।
कम्पनीले २५ प्रतिशत हाराहारीमा सापटी तथा कर्जा विस्तार गर्दा खुद ब्याज आम्दानी साढे ६ प्रतिशत र खुद नाफा करिब ९ प्रतिशतले वृद्धि गरेको छ । आधारदर र निक्षेप संकलन लागत सामान्य बढेको लघुवित्तको खराब कर्जा अनुपात र स्प्रेडदर घटेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ५० करोड २५ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो ।
चुक्ता पूँजी पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४४ करोड ६४ लख रुपैयाँ सञ्चित रहेको छ । नाफा बढेसँगै लघुवित्तको नाफाभन्दा पूँजीवृद्धि अधिक हुँदा प्रतिसेयर आम्दानी ६.५८ रुपैयाँ घटेर ४२.८३ रुपैयाँमा संकुचित बनेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १६ अर्ब १७ करोड ८ लाख रुपैयाँ सापटी २८ अर्ब १७ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ९६ करोड २८ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ७१ करोड ६९ लाख २० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत, जगेडा कोष १२.२७ प्रतिशत, सापटी २५.७५ प्रतिशत र कर्जा लगानी २३.०३ प्रतिशत, खुद ब्याज आम्दानी ६.४८ प्रतिशत र सञ्चालन मुनाफा ८.५८ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ०.५९ प्रतिशत, प्रतिसेयर नेटवर्थ २५६.२६ रुपैयाँ, कस्ट अफ फण्ड ३.४५ प्रतिशत, आधारदर ३.९९ प्रतिशत र मूल्य आम्दानी अनुपात २६.९६ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया