महुली लघुवित्तको बोनस पाउन सेयरधनीले कर तिर्नुपर्ने

0
Shares

महुली लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरु (MSLB) ले बोनस सेयर पाउन कर तिर्नुपर्ने भएको छ ।

लघुवित्तले विसं २०७७ मंसिर ८ गतेपछि सेयर खरीद गरेका लगानीकर्ताले सूचना प्रकाशित गर्दै बोनस सेयरमा लाग्ने कर तिर्नुपर्ने जनाएको हो ।
२०७७ मंसिर ७ गतेभन्दा अघि सेयर खरीद गर्ने लगानीकर्ताले भने बोनसमा लाग्ने कर तिर्नुपर्नेछैन । महुली र नवकिरण लघुवित्त एक आपसमा मर्ज भएर एकिकृत कारोबार थालेको अघिल्लो दिनअघि कायम सेयरधनी भने कर तिर्नुपर्दैन ।

बोनसमा कर तिर्नुपर्ने सेयरधनीले सनराइज बैंकको खाता नम्बर ०६९०३७१११४७०१०२४ मा कर वापतको रकम जम्मा गर्न अनुराध गरिएको छ । रकम जम्मा गरेपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुन कम्पनीले स्पष्ट पारेको छ ।

महुली लघुवित्तले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

महुली र नवकिरण लघुवित्त एक आपसमा मर्ज भएर २०७७ मंसिर ८ गतेदेखि महुली लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार  १५ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।