सिभिल क्यापिटलको नवीकरणसँगै नि:शुल्क डिम्याट खाता, विदाका दिन पनि सेवा दिने


सिभिल क्यापिटल मार्केट लिमिटेडले नि:शुल्क डिम्याट खाता खोल्ने योजना ल्याएको छ । साथै क्यापिटलले एक वर्षको नवीकरण शुल्क १५० रुपैयाँ पनि छुट दिने जनाएको छ । यद्यपी क्यापिटलले मेरो सेयर सेवामा भने शुल्क लाग्ने जनाएको छ । आगामी असार मसान्तसम्ममा डिम्याट खाता खोल्नेहरुले मात्र यस्तो छुट पाउने क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पीएमएस तथा कर्पोरेट एडभाईजरी सेवामा छुट उपलब्ध गराइने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले जानकारी दिए । यस्तो सेवामा आगामी असार मसान्तसम्ममा नयाँ कारोबार गर्दा तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ । यो योजना २०७९ बैशाख ११ गते आइतबारदेखि सुरु गरिएको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विगत १३ बर्षदेखी सेवा दिँदै आएको क्यापिटलले प्राथमिक शेयर निश्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापनको कार्य, शेयर प्रत्याभूति र संस्थागत परामर्श सेवा लगायत पूँजीबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म ३० वटा आईपीओ, ३५ कम्पनीको आरटीएस, ३२ वटा हकप्रद निष्काशन, २० वटा शेयर लिलामी गरिसकेको क्यापिटलले सामुहिक लगानी कोष सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनमा सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंकका सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहज रुपमा उपलब्ध हुने क्यापिटलले जनाएको छ ।

२०७९ जेष्ठ १ गते आइतवारदेखि सार्वजनिक विदाका दिनहरुमा (शनिबार बाहेक) विहान ११ः०० बजेदेखि दिउंसो २ः०० बजेसम्म सम्पुर्ण सेवाहरु सुचारु हुने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।